मकवानपुरका दुवै निर्वाचन क्षेत्रको मतगणना हेटौँडास्थित भुटनदेवी माविमा
ratopati.com · Wed Mar 04 21:28:27 GMT 2026

बागमती । आज हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत मकवानपुरका दुवै क्षेत्रको मतगणना हेटौँडा उपमहानगरपालिका–४ स्थित भुटनदेवी माध्यमिक विद्यालयमा गरिने भएको छ ।
बागमती प्रदेश निर्वाचन कार्यालय हेटौँडाका प्रमुख हरिप्रसाद ढकालले दुवै निर्वाचन क्षेत्रको मतगणनास्थल भुटनदेवी माविमा तोकिएको र व्यवस्थापनको सम्पूर्ण कार्य सम्पन्न भएको जानकारी दिए । उनका अनुसार निर्वाचन क्षेत्र नम्बर १ को मतगणना भुटनदेवी माविको उत्तर तर्फको ब्लक ९ए० मा र क्षेत्र नम्बर २ को मतगणना विद्यालयको (बी) ब्लकमा गरिनेछ । मतगणनालाई व्यवस्थित र पारदर्शी बनाउनका लागि मतगणनास्थलको सुरक्षा र अन्य व्यवस्थापनको कार्य सम्पन्न भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)