हलबाट पहिलो हप्ता ६० प्रतिशत सेयर पाउनु पर्ने निर्माताको माग
baahrakhari.com · Tue Feb 07 00:39:00 GMT 2023
काठमाडौं । चलचित्र निर्माता संघले हलबाट पहिलो हप्ता ६० प्रतिशत सेयर निर्माताले पाउनु पर्ने बताएको छ । पहिलो हप्ता ५० प्रतिशत सेयर पाउँदै आएका निर्माताले १० प्रतिशत सेयर थपेर ६० प्रतिशत पुर्याउन माग गरेका हुन् ।
दोस्रो हप्ता ५० र तेस्रो हप्ताबाट चलचित्र नउत्रिदासमम ४० प्रतिशत सेयर पाउनु पर्ने संघको माग छ । अहिले दोस्रो हप्ता पनि ५० प्रतिशत र तेस्रो हप्तादेखि नउत्रिदासम्म ३५ प्रतिशत सेयर निर्मातले हलबाट पाउँदै आएकमा छन् । आफूले अगाडि सारेका यी नियम लागु गर्न संघले विभागीय मन्त्रालयसमक्ष माग पनि गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)