गुलरिया क्षेत्रमा डुबान
nagariknews.nagariknetwork.com · Tue Jun 30 12:35:04 GMT 2026

लगातार भइरहेको वर्षाका कारण बर्दियाको गुलरिया क्षेत्रमा बस्ती डुबानमा परेको छ। गुलरिया नगरपालिका–१ स्थित खैरापुरको छेदापुर बस्ती डुबानमा परेको हो। सोही वडाको १६ नम्बर बस्ती पनि प्रभावित भएको छ।
डुबानको पानी निकास गर्न सशस्त्र प्रहरी बल नेपाल नम्बर ३१ गणबाट सुरक्षाकर्मी परिचालन गरिएको छ। जेसीबीको सहायताले पानीको निकास खुलाउने प्रयास भइरहेको एसपी दिनेश महतले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)