बुटवलमा खुल्यो फोटोनको नयाँ शोरुम
kendrabindu.com · Tue Jun 30 12:40:46 GMT 2026

बुटवल । फोटोन मोटर्स नेपालले बुटवलमा आफ्नो नयाँ शोरुमको औपचारिक उद्घाटन गरेको छ। यो विस्तारसँगै कम्पनीले नेपालभरी आफ्नो पहुँच विस्तार गर्ने र देशको पश्चिमी भेगका ग्राहकसमक्ष आफ्ना उत्पादन तथा सेवाहरू अझ नजिकै पुर्याउने प्रयासलाई थप मजबुत बनाएको छ।
व्यापारिक एवम् यातायातको प्रमुख केन्द्रका रूपमा रहेको बुटवलमा सञ्चालनमा आएको नयाँ शोरुमले रुपन्देही, पाल्पा, नवलपरासी तथा त्यस आसपासका जिल्लाका ग्राहकलाई सेवा दिने लक्ष्य राखेको छ । यसले उक्त क्षेत्रका सवारीधनी तथा सम्भावित खरिदकर्ताका लागि फोटोनका सेवा र सवारीसाधनहरूमा पहुँच अझ सहज बनाउने विश्वास गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)