अर्थमन्त्री वाग्लेको गृह जिल्लाका स्थानीय तहमा साढे चार अर्बभन्दा बढी बजेट
kendrabindu.com · Tue Jun 09 02:57:45 GMT 2026
काठमाडौं । तनहुँका स्थानीय तहले आर्थिक वर्ष २०८३–८४ का लागि सङ्घीय सरकारबाट साढे चार अर्ब रुपैयाँ भन्दा बढी अनुदान पाउने भएका छन् । जिल्लास्थित १० स्थानीय तहका लागि अर्थ मन्त्रालयले चार अर्ब ५६ करोड ४७ लाख रुपैयाँ विनियोजन गरेको हो । तनहुँ अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको गृहजिल्ला हो । यसैले बजेटमा तनहुँले निकै ठूलो रकम अनुदान पाएको छ ।
राससले लिएको समाचार अनुसार, सबैभन्दा बढी व्यास नगरपालिकाले र सबैभन्दा कम घिरिङ गाउँपालिकालाई बजेट विनियोजन गरिएको छ । व्यास नगरपालिकालाई ९४ करोड ३० लाख रुपैयाँ विनियोजन गरिएको छ । व्यास नगरपालिकाले समानीकरण अनुदानतर्फ १८ करोड ६० लाख रुपैयाँ, सशर्त अनुदानतर्फ ७५ करोड २० लाख रुपैयाँ र समपुरक अनुदानतर्फ ५० लाख रुपैयाँ बजेट पाउनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)
काठमाडौँ
स्वर्णिम वाग्ले