महाधिवेशनमा पराजितलाई उपहारमा केन्द्रीय सदस्य
newsofnepal.com · Mon Sep 25 00:36:26 GMT 2023
काठमाडौं । मुलुकको सबैभन्दा पुरानो लोकतान्त्रिक दल नेपाली कांग्रेसमा गत १४औं महाधिवेशनमा विभिन्न पदमा उम्मेदवारी दिएर पराजित भएकालाई नै केन्द्रीय सदस्यमा मनोनीत गरिएको छ । सभापति शेरबहादुर देउवाले मनोनीत गर्नुभएका अधिकांश केन्द्रीय सदस्यहरू पार्टीको महाधिवेशन प्रतिनिधिदेखि केन्द्रीय सभापतिको प्रत्यासी बनेर पराजित भएकाहरू रहेका छन् ।
सभापति देउवाले महाधिवेशन भएको २१ महिनामा पटकपटक गरी ३२ केन्द्रीय सदस्य मनोनीत गर्नुभएको छ । उनीहरू सबैजसो कुनै न कुनै पदमा उम्मेदवारी दिएर पराजित भएकाहरू छन् । सभापतिमा निकटतम प्रत्यासी स्वतः केन्द्रीय सदस्य हुने व्यवस्थाअनुसार १४औं महाधिवेशनमा प्रमुख प्रत्यासी डा. शेखर कोइराला स्वतः केन्द्रीय सदस्य हुनुभएको छ । उहाँबाहेक सभापति देउवाले आफूसँग प्रतिस्पर्धा गरेका सभापतिका उम्मेदवारहरू प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याणकुमार गुरुङलाई केन्द्रीय सदस्य बनाउनुभएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)