राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिसहितको भ्रष्टाचार मुद्दामा साक्षी बुझ्ने आदेश
ratopati.com · Thu Aug 13 08:49:29 GMT 2026

काठमाडौँ। विशेष अदालतले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङका तत्कालीन उपकुलपति प्रा.डा. संगिता सिंह भण्डारीसहित १९ जनाविरुद्धको भ्रष्टाचार मुद्दामा साक्षी प्रमाण झिकाउने आदेश दिएको छ।
बिहीबार विशेष अदालतका न्यायाधीशद्वय नारायणप्रसाद पौडेल र उमेश कोइरालाको संयुक्त इजलासले साक्षी बुझ्ने आदेश दिएको हो। प्रतिष्ठानमा सिटी स्क्यान मेसिन खरिद गर्दा गुणस्तरहीन मेसिन ल्याई आर्थिक अनियमितता गरेको आरोपमा भ्रष्टाचार मुद्दा दायर भएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)