धनुषा डिष्टिलरीले सर्वसाधारणका लागि आईपीओ जारी गर्ने
ratopati.com · Thu Aug 13 08:53:55 GMT 2026

काठमाडौँ । धनुषा डिष्टिलरी लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर (आईपीओ) जारी गर्ने भएको छ । कम्पनीले शेयर निष्काशनको प्रक्रिया अघि बढाउन बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरेको छ ।
यससम्बन्धी सम्झौतामा मुक्तिनाथ क्यापिटलको कार्यालयमा आयोजित कार्यक्रममा धनुषा डिष्टिलरीका अध्यक्ष किसन कुमार धनावत र मुक्तिनाथ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वज जोशीले हस्ताक्षर गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)