मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

याक एन्ड यति होटलको पाँचतारे वर्गीकरण र क्यासिनो लाइसेन्स रद्द

rajdhanidaily.com · Wed Feb 09 23:19:48 GMT 2022

काठमाडौं । धेरैपटक ताकेता गर्दा पनि ४२ करोड रुपैयाँभन्दा बढी क्यासिनो रोयल्टी बक्यौता नबुझाएको भन्दै सरकारले काठमाडौंको दरबारमार्गस्थित याक एन्ड यति होटलको पाँचतारे दर्जा र क्यासिनो लाइसेन्स रद्द गरिदिएको छ ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले धेरैपटक ताकेता गर्दा पनि अटेर गरी याक एन्ड यति होटलले क्यासिनो सञ्चालनबापत सरकारलाई बुझाउनुपर्ने ४२ करोड २५ लाख ६८ हजार २ सय ५२ रुपैयाँभन्दा बढी बक्यौता राजस्व रोयल्टी नतिरेको भन्दै सो होटलको पाँचतारे दर्जा र क्यासिनोको लाइसेन्स रद्द गर्ने निणर्य गरिदिएका हुन् । मन्त्री आलेको सोही निणर्य तथा निर्देशनअनुसार बुधबार पर्यटन विभागले यस्तो निणर्य गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)