मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

उत्कृष्ट बलिङमा नेपालको विजयी सुरुआत

ekantipur.com · Wed Oct 08 18:22:52 GMT 2025

काठमाडौँ — ब्याटिङमा चुस्त नदेखिए पनि नेपालले ट्वान्टी–२० विश्वकप एसिया–इस्ट एसिया प्यासिफिक छनोटमा विजयी सुरुआत गरेको छ । ओमानमा बुधबारबाट सुरु प्रतियोगितामा नेपालले कुवेतलाई ५८ रनले पराजित गरेको हो ।

मस्कट स्थित अल एमेरट क्रिकेट मैदानमा १ सय ४२ रनको लक्ष्य लिएर आएको कुवेत १८.१ ओभरमा ८३ रनमै अलआउट भयो । नेपालबाट कप्तान रोहित पौडेल, सन्दीप लामिछाने र ललित राजवंशीले २–२ विकेट लिए । रोहितले २ ओभरमा ९, ललितले ४ ओभरमा १७ र सन्दीपले ४ ओभरमा १ मेडन राख्दै २२ रन खर्चे । सोमपाल कामी, नन्दन यादव र कुशल भुर्तेलले १–१ विकेट लिए ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)