मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

टी-२० विश्वकप छनोट : नेपालले कुवेतलाई ५८ रनले हरायो

annapurnapost.com · Wed Oct 08 18:16:54 GMT 2025

काठमाडौं : आइसीसी टी-२० विश्वकप एसिया तथा पूर्वी एसिया प्यासिफिक क्षेत्र छनोटअन्तर्गत पहिलो खेलमा नेपालले कुवेतलाई ५८ रनले हराएको छ। समूह ‘बी’मा रहेको नेपालले पहिलो खेलमा कुवेतलाई फराकिलो अन्तरले हराएको हो।

ओमानको अल अमिरत क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १४१ रन बनाएको थियो। १४२ रनको विजयी लक्ष्य पछ्याएको कुवेत १८.१ ओभरमा ८३ रनमा अलआउट भएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)