टोखाका हरेक टोलमा नागरिक सुरक्षा समूह गठन गरिने
ratopati.com · Wed Oct 08 18:29:00 GMT 2025

काठमाडौँ । काठमाडौँको टोखा नगरपालिकाका हरेक टोलमा नागरिक सुरक्षा समूह गठन गरिने भएको छ ।
नगरप्रमुख प्रकाश अधिकारीको संयोजकत्वमा बुधबार बसेको नगर क्षेत्रको शान्तिसुरक्षा सम्बन्धी बैठकले आफ्नो टोल र टोलवासीको जीउधनको सुरक्षा, सार्वजनिक सम्पत्तिको संरक्षणका लागि प्रहरीसँगको समन्वय र सहकार्यका लागि हरेक टोलमा नागरिक सुरक्षा समूह गठन गर्न वडा कार्यालयमार्फत टोलवासीलाई अनुरोध गर्ने निर्णय गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)