नेपाली टिमले जित्यो माउन्टेन क्रसकन्ट्री
ekantipur.com · Sat Nov 25 16:47:34 GMT 2023
पोखरा — चिनियाँलाई पछि पार्दै नेपाली टिमले वार हर्स नेपाल–पोखरा अन्तर्राष्ट्रिय माउन्टेन क्रसकन्ट्री प्रतियोगिताको उपाधि जितेको छ । पोखरामा शनिबार प्रतियोगितामा सुमन कुलुङ, रमेश लिम्बू र इन्द्रकला नेम्बाङको टिम पोखरा ‘ए’ ले उपाधि जितेको हो ।
नेपाली टिमले २२ किमि दौड, १७ किमि साइक्लिङ र १ किमि रोइङ ३ घण्टा ४२ मिनेट ५० सेकेन्डमा पूरा गर्यो । नेपाल ट्रायथलन संघको टिम दोस्रो भयो । वसन्त थारु, मुकेश थारु र श्रेबी महर्जनले ३ घण्टा ५२ मिनेट ४६ सेकेन्डमा दुरी पूरा गरे । त्रिभुवन आर्मीका श्रीकास राई, तिलक सुनुवार र केशरी थापा मगरको टिमले उक्त दूरी ३ घण्टा ५७ मिनेट ३५ सेकेन्डमा पूरा गरेर तेस्रो स्थान हात पार्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)