मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

नियन्त्रणमा आएको केही घण्टामै फेरि हट्यो : रवि लामिछाने

barnanmedia.com · Wed Mar 04 22:57:38 GMT 2026

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आधिकारिक फेसबुक अकाउन्टमा पुनः समस्या देखिएको छ । बुधबार दिउँसो मात्रै आफ्नो अकाउन्ट ह्याकरको कब्जाबाट फिर्ता आएको जानकारी दिएका लामिछानेको आइडी केही घण्टामै फेरि हटेको हो ।

यसअघि मंगलबार लामिछानेको फेसबुक अकाउन्टमा बाह्य व्यक्तिहरूले अनधिकृत पहुँच (ह्याकिङ) को प्रयास गरेपछि सुरक्षा संवेदनशीलताका कारण मेटाले अकाउन्ट लक गरिदिएको थियो । सो समस्या समाधान भएको दाबी गर्दै लामिछानेले बुधबार दिउँसो सामाजिक सञ्जालमा पोस्ट गर्दै लेखेका थिए, ‘पटकपटक ह्याक गर्ने प्रयास भएतापनि अन्ततः मेरो फेसबुक पुनः आफ्नै नियन्त्रणमा ल्याउन सफल भएको छु ।’

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)