बाजुराका ११५ गाउँ तत्काल स्थानान्तरण गर्नुपर्ने निष्कर्ष, वर्षा बढेसँगै जोखिम झनै गहिरियो
bishowkhabar.com · Thu Aug 13 09:35:36 GMT 2026

काठमाडौं– बाजुरा जिल्ला अहिले केवल पहिरोको जोखिममा होइन, सम्भावित ठूलो मानवीय विपद्को संघारमा पुगेको छ। जिल्ला विपद् व्यवस्थापन समितिले सार्वजनिक गरेको ‘विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना–२०८३’ ले जिल्लाका करिब ११५ गाउँबस्ती तत्काल सुरक्षित स्थानमा सार्नुपर्ने निष्कर्ष निकालेपछि जोखिमको गम्भीरता उजागर भएको हो।
भिरालो भूभाग, कमजोर भू–बनावट, नदी कटान, अव्यवस्थित सडक निर्माण र जलवायु परिवर्तनको असरले बाजुराका नौवटै स्थानीय तहलाई उच्च जोखिमयुक्त घोषणा गरिएको छ। योजनाअनुसार गौमुल गाउँपालिकाका मात्रै ३५ गाउँ पहिरोको चपेटामा छन् भने बुढीनन्दामा २०, त्रिवेणीमा १६, बडीमालिकामा १३ र बुढीगङ्गामा १२ गाउँ उच्च जोखिममा परेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)