मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

चीनद्वारा आन्तरिक माग विस्तारलाई उच्च प्राथमिकता

barnanmedia.com · Wed Mar 04 23:06:46 GMT 2026

चीन सरकारले सन् २०२६ मा देशको आन्तरिक माग विस्तार गर्दै उपभोग वृद्धि सुदृढ गर्ने व्यापक योजना अघि सारेको छ । राष्ट्रिय जनसभाको १४औँ सत्रको चौथो बैठकको पूर्व सन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता लाउ छिनजियानले सरकारको प्राथमिकता आन्तरिक बजारलाई बलियो बनाउँदै आर्थिक स्थायित्व कायम गर्नु रहेको स्पष्ट पारे ।

उनका अनुसार, चीनले उच्च गुणस्तरीय उपभोक्ता वस्तु तथा सेवाको आपूर्ति विस्तार गर्दै सेवा क्षेत्रमा उपभोग बढाउन विशेष ध्यान दिनेछ । उपभोक्ता वस्तुहरूको अदला–बदली कार्यक्रमलाई अझ प्रभावकारी बनाइनेछ, जसले नागरिकलाई नयाँ र गुणस्तरीय सामग्री प्रयोग गर्न प्रोत्साहित गर्ने अपेक्षा गरिएको छ । साथै, अन्तर्राष्ट्रिय स्तरमा अनुकूल खपत वातावरण निर्माण गर्दै विदेशी तथा स्वदेशी लगानीलाई आकर्षित गर्ने नीति अवलम्बन गरिनेछ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)