मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

उजाडिँदै पहाड

ratopati.com

घोराही सिमेन्ट उद्योग प्रालि घोराहीले ०६९ असोज २२ गतेदेखि बंगलाचुली गाउँपालिका वडा नं. ३ र ४ रहेको तापा चुनढुङ्गा खानी उत्खनन गर्दै आइरहेको छ । उद्योगले ३२.५ हेक्टर चुनढुङ्गा खानी उत्खननका लागि ३० वर्षको अनुमति लिएको छ । जो सामुदायिक वन क्षेत्र हो । उत्खनन गर्न पाउने अधिकार अझै उद्योगसँग २० वर्ष बाँकी छ । तर १० वर्षमै उद्योग पहाड उत्खनन गरी भ्याइ सकिसकेको छ । बाक्लो बस्ती र बन भएको तापा गाउँ अहिले उजाड मरुभूमि झै देखिन्छ । उद्योगले वस्ती, बन सबै खाइसकेको छ ।

खानी क्षेत्रमा तल्लो तापा, माथिल्लो तापा, जुम्लेपानी, म्यालडाँडा र पन्तटोल गरी पाँच गाउँ थियोे । जहाँ करिव तीनसय घरपरिवारको बसोबास गर्थे । अहिले न वस्ती नै बाक्लो छ , न बन नै । उत्खननले पहाड छिया ,छिया परेको टाढैबाट हरियो पहाडबीचमा सेतो ढुुङगै ढुुङगा र धुलो धुँवा उडेको मात्रै देखिन्छ । डोजरले खनिरहन्छ, टिपरले बोकी रहन्छ । डोजरको खनाइ र टिप्परको बोकाइले पहाडसँगै वन र पानीका मुहान सखाप भइसकेका छन् । खानीको धुलो धुँवा र पानीको अभावमा खानी प्रभावित पीडितहरु बाँच्न विवश छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)