‘मिम्लेन फुङ’ प्रदर्शनको तयारी
ratopati.com · Sat Dec 06 22:49:20 GMT 2025

सुनसरी । याक्थुङ समुदायको भाषा, पहिचान तथा सामाजिक जीवनलाई आदिम र मौलिक शैलीमै प्रस्तुत गर्ने उद्देश्यसहित निर्माण गरिएको पालामी कथानक चलचित्र ‘मिम्लेन फुङ’ देशव्यापी प्रदर्शनको तयारी छ ।
याक्थुङ आर्ट फिल्म्सको ब्यानरमा तयार भएको चलचित्रले याक्थुङ जनजीवनको मौलिक सौन्दर्य, प्रेम, सामाजिक संरचना र आत्मसम्मानका सङ्घर्षलाई केन्द्रमा राखेर कथा बुनेको निर्देशक रवि शेर्माले जानकारी दिए । चलचित्रको छायाङ्कन ताप्लेजुङका सिकैचा, कुन्जारी, पाङभे, हेन्छेबुङ र वरुक्पा क्षेत्रका प्राकृतिक परिवेशमा गरिएको हो । याक्थुङ सांस्कृतिक जीवनशैली प्रत्यक्ष प्रतिबिम्बित हुने भौगोलिक आधारका कारण चलचित्रले ग्रामीण समुदायको वास्तविकता सजीव रूपमा उतारेको निर्देशक शेर्माको भनाइ छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)