निकासी पैठारी संघको स्वर्णजयन्तीको लोगो अनावरण
baahrakhari.com · Thu Aug 13 10:34:19 GMT 2026

काठमाडौं । आयात निर्यातकर्ता व्यवसायीको संगठन नेपाल समुद्रपार निकासी पैठारी संघले स्वर्णजयन्तीको लोगो अनावरण गरेको छ । संघले स्थापनाको ५० वर्ष पूरा गरेको अवसर पारेर २०८३ लाई स्वर्णजयन्ती वर्ष घोषणा गरी विभिन्न कार्यक्रम आयोजनाको तयारी गरेको छ ।
स्वर्णजयन्तीका अवसरमा वर्षभरि गरिने गतिविधिअन्तर्गत आयोजित अन्तरक्रिया कार्यक्रममा संघले उक्त लोगो अनावरण गरेको हो । भन्सार विभागका निर्देशक ज्ञानेन्द्र ढकाल, वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका निर्देशकद्वय तारानाथ लुइँटेल र अनिल किराती, शाखा अधिकृत दीपकप्रसाद अधिकारी, संघका पूर्वअध्यक्ष लोकमान्य गोल्छा, अशोककुमार अग्रवाल, सुनिल वंशल र विनोद सेठिया तथा वर्तमान अध्यक्ष शिवकुमार अग्रवालले संयुक्त रूपमा लोगो अनावरण गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)