मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

दीपिका–रणवीरको आईपीएल टिम

annapurnapost.com · Sun Oct 24 06:59:00 GMT 2021

मुम्बई : भारतीय चलचित्र उद्योग बलिउडका चर्चित जोडी दीपिका पादुकोण र रणवीर कपुरले इन्डियन प्रिमियर लिग (आईपीएल) टिम किन्ने भएका छन्। आईपीएल खेल्ने टोलीको संख्या अर्को वर्ष बढाइन लागेपछि दीपिका र रणवीरले नयाँ टोलीको फ्रेन्चाइज किन्न लागेका हुन्।

अर्को वर्षदेखि आईपीएलमा १० टोलीबीच प्रतिस्पर्धा हुने भएको छ। यसअघि आठ टोलीबीच प्रतिस्पर्धा हुँदै आएकोमा अर्को वर्षदेखि दुई टिम थपेर १० टोलीबीच प्रतिस्पर्धा गराइन लागिएको हो। दीपिका र रणवीरले नयाँ दुई टिममध्ये एउटा टिम किन्ने भारतीय सञ्चार माध्यमले जनाएका छन्। नयाँ टोली खरिदका लागि भारतका ठूला ब्यावसायिक घरानाका साथै चर्चित सेलिब्रिटीहरू पनि इच्छुक देखिएका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)