गुडिरहेको गाडीमा आगलागी, यात्रुका सामान जलेर नष्ट
kendrabindu.com · Thu Oct 15 00:31:35 GMT 2026

कालीकोट । कर्णाली राजमार्गअन्तर्गत कालीकोटको खाडाचक्र–१ मान्ममा बुधबार गुडिरहेको फोर्स गाडीमा आगलागी भएको छ । आगलागीबाट गाडी र यात्रुका सबै सामान जलेर नष्ट भएका छन् । गाडीमा सवार ३ बालबालिकासहित २१ जना यात्रु भने सकुशल छन् ।
सुर्खेतबाट नाग्मका लागि छुटेको भे १ ख ४०९४ नम्बरको गाडी मान्मको उकालोमा इन्जिन तातिएपछि आगलागी भएको हो । बुधबार अपराह्न ४ बजे गाडीमा धुवाँ देखिएपछि चालक चन्द्रदेव मगरले यात्रुलाई बाहिर निस्कन भनेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)