मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

६० लाख डलरको गोप्य उपहार लिएको खुलासा भएपछि फोर्ब्सका चिफ कन्टेन्ट अफिसर बर्खास्त

clickmandu.com · Thu Aug 13 11:11:59 GMT 2026

एजेन्सी । विश्वप्रसिद्ध व्यावसायिक पत्रिका फोर्ब्सले आफ्ना वर्षौंदेखिका चिफ कन्टेन्ट अफिसर र्‍यान्डल लेनलाई बर्खास्त गरेको छ । द न्युयोर्क टाइम्सका अनुसार, लेनले फोर्ब्सको व्यावसायिक साझेदार संस्था शुक रिसर्चका संस्थापक आरजे शुकबाट ६० लाख डलर (करिब ८० करोड रुपैयाँ) गोप्य रूपमा लिएको खुलासा भएपछि उनलाई पदबाट हटाइएको हो ।

लेन र शुकबीच लामो समयदेखि व्यक्तिगत र व्यावसायिक सम्बन्ध रहेको थियो । सन् २०१३ मा फोर्ब्सले लाइबेरियामा आयोजना गरेको एउटा मानवीय सहायता यात्रापछि उनीहरू झन् नजिकिएका थिए । लेनले उक्त ६० लाख डलरलाई साथीले दिएको व्यक्तिगत उपहार भएको दाबी गर्दै यसबारे फोर्ब्सलाई कुनै जानकारी दिएका थिएनन् ।

स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)