लिङ्गे पिङको परम्परा जोगाउन नगरपालिकको सहयोग
corporatenepal.com · Thu Oct 15 00:38:47 GMT 2026

नवलपुर (नवलपरासी) । दसैँमा लिङ्गे पिङ हाल्नका लागि नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा वडा कार्यालयले आर्थिक सहयोग गर्ने भएको छ । जिल्लाको गैँडाकोट नगरपालिका–२ को कार्यालयले वडाका सम्पूर्ण टोल विकास संस्थालाई लिङ्गे पिङ राख्नका लागि आर्थिक सहयोग गर्ने भएको हो । नगरपालिकाले अन्य वडालाई पनि सोही अनुसारको सहयोग उपलब्ध गराउन आग्रह गरेको छ ।
वडाध्यक्ष प्रकाश सापकोटाले लोप हुन लागेको लिङ्गे पिङको जगेर्ना गर्ने उद्देश्यले वडाभित्रका १० वटै टोल विकास संस्थालाई आर्थिक सहयोग गर्न लागिएको बताए । “नेपालीको महान् पर्व दसैँ, तिहार तथा छठका अवसरमा कला र संस्कृतिको जगेर्ना गर्ने उद्देश्यस्वरुप हामीले टोल विकास संस्थामार्फत पिङ हाल्न सहयोग गर्दैछौँ,” सापकोटाले भने, “हामीले प्रतिटोल विकास संस्थालाई पिङ हाल्न लाग्ने अनुमानित खर्च रु पाँच हजार ५०० प्रदान गर्ने निर्णय गरेका छौँ ।”
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)