मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

गुम्बामा बित्दै छ बाढीपीडित बालबालिकाको दैनिकी

gorkhapatraonline.com · Thu Oct 15 00:48:18 GMT 2026

भोटेकोशी–त्रिशूलीमा आएको बाढीले बालबालिकाले अभिभावक गुमाउँदा उनीहरूको दैनिकी नै परिवर्तन भएको छ । एकातिर साथीभाइसँगको बिछोड अर्कातर्फ विद्यालय जान नपाएको पीडा । बाढी प्रभावित बालबालिका यतिबेला काठमाडौँका विभिन्न गुम्बामा आश्रय लिएर बसिरहेका छन् ।

काठमाडौँमा गोसोक गुम्बा, मुस्ताङ गुम्बा र नुब्रो समाज गुम्बा गरी तीन वटा गुम्बामा बालबालिकालाई राखिएको छ । ती गुम्बामा २८६ जना बाढी प्रभावित बालबालिका रहेका छन् । जसमध्ये आमाबुवा दुवै गुमाएका बालबालिकाको सङ्ख्या ११ छ । आमा मात्र गुमाएका बालबालिका १९ तथा बुवा गुमाएका १०६ जना छन् । यसै गरी बुवाआमा जीवितै भए पनि १५० जना बालबालिका आश्रय लिएर गुम्बामा बसेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)