साइ होपको कीर्तिमानी शतकमा वेस्ट इन्डिज विजयी, भारतसँग सिरिज २–२ को बराबरीमा
nepalpress.com · Thu Oct 15 00:50:11 GMT 2026
काठमाडौँ । साइ होपको कीर्तिमानी शतकप्रेरित वेस्ट इन्डिजले चौथो टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा भारतलाई २४ रनले पराजित गरेको छ । जितसँगै पाँच खेलको सिरिज २–२ को बराबरीमा पुगेको छ ।
पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले होपको अविजित १०२ रनको मद्दतमा २० ओभरमा तीन विकेट गुमाएर २४७ रन बनाएको थियो । होपले ४९ बलमा नौ छक्का र चार चौका प्रहार गरे । यो उनको टी–२० अन्तर्राष्ट्रियमा तेस्रो शतक हो, जुन वेस्ट इन्डिजका ब्याटरमध्ये सर्वाधिक हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)