हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति
nagariknews.nagariknetwork.com · Thu Oct 15 00:42:53 GMT 2026

शरद् ऋतुमा ३१ हिमाल आरोहणका लागि एक हजार ९८ जनाले अनुमति लिएका छन्। पर्यटन विभागका अनुसार सन् २०२६ को शरद् ऋतुमा नेपालका विभिन्न हिमाल आरोहणका लागि १३० टोलीले अनुमति लिएका छन्।
विभागका सूचना अधिकारी सुरज घिमिरेले ४१ हिमाल आरोहणका लागि ८३३ पुरुष र २६५ महिलाले आरोहण अनुमति लिएको जानकारी दिए। अनुमति प्रदान गरेबापत विभागले आरोहीबाट रु २८ करोड २४ लाख १४ हजार ५६ रोयल्टी सङ्कलन गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)