आजकै दिन : अफ्रिकामा विश्वकप फुटबल
ekantipur.com · Sun Jun 11 00:31:36 GMT 2023
काठमाडौँ — सन् २०१० मा आजकै दिन (जुन ११) मा दक्षिण अफ्रिकामा विश्वकप फुटबल प्रतियोगिता सुरु भएको थियो । हरेक चार वर्षमा हुने प्रतियोगिता १९ औं संस्करणसम्म आइपुग्दा बल्ल पहिलो पटक अफ्रिकामा आयोजना भएको हो ।
दक्षिण अफ्रिकाको जोहानसबर्गमा उद्घाटन गरिएको प्रतियोगिता विभिन्न ९ वटा सहरका १० स्थानमा आयोजना गरिएको थियो । प्रतियोगिता जुलाई ११ सम्म चलेको थियो । नेदरल्यान्ड्सलाई पराजित गर्दै उक्त विश्वकप उपाधि स्पेनले जितेको थियो । जर्मनी तेस्रो र उरुग्वे चौथो भएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)