मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

शरद् ऋतुमा हिमाल आरोहण गर्न ७१ देशका १ हजार ९८ आरोही, मनास्लुमा सबैभन्दा बढी आकर्षण

bishowkhabar.com · Thu Oct 15 01:03:38 GMT 2026

काठमाडौं – सन् २०२६ को शरद् ऋतुमा नेपालका हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ जनाले अनुमति लिएका छन्। पर्यटन विभागका अनुसार ४१ हिमाल आरोहणका लागि १३० टोलीले अनुमति लिएका हुन् । आरोहण अनुमतिबाट सरकारले २८ करोड २४ लाख रुपैयाँभन्दा बढी रोयल्टी संकलन गरेको छ ।

विभागका सूचना अधिकारी सुरज घिमिरेका अनुसार अनुमति लिनेमा ८३३ पुरुष र २६५ महिला छन् । आरोहण अनुमति जारी गरेबापत विभागले एक करोड ८५ लाख ४९ हजार ९५९ अमेरिकी डलर अर्थात् २८ करोड २४ लाख १४ हजार ५६ रुपैयाँ रोयल्टी संकलन गरेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)