खहरेमा बसले ट्रकलाई ठक्कर दिँदा आठ घाइते
gorkhapatraonline.com · Thu Oct 15 01:10:25 GMT 2026

भरतपुर महानगरपालिका–२९, खहरेमा सडक छेउमा रोकिराखेको ट्रकलाई बसले ठक्कर दिँदा आठ जना घाइते भएका छन् ।
मुग्लिनबाट नारायणगढतर्फ आउँदै गरेको लु २ ख ५२७६ नम्बरको ट्रक सडक छेउमा रोकिराखेको अवस्थामा काठमाडौँबाट नेपालगञ्जतर्फ जाँदै गरेको ना ६ ख १८९० नम्बरको बसले बुधबार बिहान करिब ४ः१० बजे ठक्कर दिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका ट्राफिक प्रहरी निरीक्षक अनिल थापाले जानकारी दिनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)