मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

हिमाल चढ्न ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति, २८ करोड बढी संकलन

kendrabindu.com · Thu Oct 15 01:16:16 GMT 2026

काठमाडौं । शरद ऋतुमा ३१ हिमाल आरोहणका लागि एक हजार ९८ जनाले अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार सन् २०२६ को शरद ऋतुमा नेपालका विभिन्न हिमाल आरोहणका लागि १३० टोलीले अनुमति लिएका छन् ।विभागका सूचना अधिकारी सुरज घिमिरेले ४१ हिमाल आरोहणका लागि ८३३ पुरुष र २६५ महिलाले आरोहण अनुमति लिएको जानकारी दिए ।

अनुमति प्रदान गरेबापत विभागले आरोहीबाट २८ करोड २४ लाख १४ हजार ५६ रोयल्टी संकलन गरेको छ । आरोहण अनुमति प्रदान गरिएका हिमालमध्ये सबैभन्दा धेरै मनास्लु (आठ हजार १६३ मिटर) रहेको छ । मनास्लु आरोहणका लागि मात्रै ४३ टोलीका ५०० जना आरोहीले अनुमति लिएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)