हवाई सुरक्षा सुनिश्चित गर्न सरकार प्रतिबद्ध छ: मन्त्री पौडेल
hamrakura.com · Thu Aug 13 00:00:00 GMT 2026
काठमाडौँ। काठमाडौँ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले दुर्घटना हुनै नदिने सुरक्षित वातावरण निर्माण गर्न सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएका छन्। राष्ट्रिय सभाको बैठकमा ‘आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक, २०८३’ माथिको सैद्धान्तिक छलफलमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै मन्त्री पौडेलले हवाई सुरक्षा र यात्रीहरूको अधिकार सरकारको उच्च प्राथमिकतामा रहेको स्पष्ट पारेका हुन्।
छलफलका क्रममा उनले हवाई सुरक्षालाई थप प्रभावकारी बनाउन नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) लाई नियामक र सेवा प्रदायक गरी दुईवटा स्वायत्त संस्थामा विभाजन गर्न विधेयक तयार पारिएको जानकारी दिए। नेपाली विमानहरूलाई युरोपेली युनियनले ‘ब्ल्याक लिस्ट’ (कालो सूची) मा राखेको भनी प्रयोग गरिने शब्दावलीप्रति असहमति प्रकट गर्दै उनले यो शब्द रङ्गभेदी भएको तर्क गरे र यसलाई ‘एयर सेफ्टी लिस्ट’ (हवाई सुरक्षा सूची) भन्नु उपयुक्त हुने बताए। नेपाललाई उक्त सूचीबाट हटाउन मन्त्रालयले सुधारका विभिन्न कार्यहरू गरिरहेको र आगामी ६ महिनाभित्र सकारात्मक नतिजा आउने अपेक्षा गरिएको उनको भनाइ थियो।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)