जाजरकोटमा जिप दुर्घटना : २ जनाको घटनास्थलमै मृत्यु, ३ घाइते
annapurnapost.com · Thu Oct 15 01:22:56 GMT 2026

जाजरकोट : जाजरकोटको जुनिचाँदे गाउँपालिकामा बिहीबार बिहानै एक बलेरो जिप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ। सुर्खेतबाट जुनिचाँदेतर्फ जाँदै गरेको क.प्र.०२००१ च १२४३ नम्बरको बलेरो जिप गैरीगुवास्थित भित्री सडक खण्डमा अनियन्त्रित भई दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ।
आज बिहान करिब २ बजेतिर जिप सडकबाट झण्डै ३०० मिटर तल खसेर दुर्घटनामा परी जिप चालक जाजरकोट जुनिचाँदे गाउँपालिका–९ का २० वर्षीयका सन्त बहादुर बस्नेत र वडा नं. ३ स्यालाकी ३० वर्षीया बिपना भण्डारीको मृत्यु भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)