शरद् ऋतुमा हिमाल आरोहण गर्न ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति
tourismface.com · Thu Oct 15 01:40:56 GMT 2026

काठमाडौं । नेपालको हिमाली पर्यटनप्रति विदेशी आरोहीको आकर्षण बढ्दै गएको छ। सन् २०२६ को शरद् ऋतुमा नेपालका विभिन्न हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीले अनुमति लिएका छन्। पर्यटन विभागका अनुसार ३१ हिमाल आरोहणका लागि १३० टोलीले अनुमति प्राप्त गरेका हुन्।
विभागका सूचना अधिकारी सुरज घिमिरेका अनुसार अनुमति लिनेमा ८३३ पुरुष र २६५ महिला आरोही छन्। उनीहरूलाई आरोहण अनुमति दिएबापत सरकारले २८ करोड २४ लाख १४ हजार ५६ रुपैयाँ रोयल्टी संकलन गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (tourismface.com)