चौथो त्रैमासमा १.५४ प्रतिशत मात्रै आर्थिक वृद्धि
gorkhapatraonline.com · Thu Oct 15 01:42:05 GMT 2026

गत आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिक (वैशाख–असार) सम्म मुलुकको आर्थिक वृद्धिदर १.५४ प्रतिशत मात्रै रहने राष्ट्रिय तथ्याङ्क कार्यालयले अनुमान गरेको छ । कार्यालयले बुधबार सार्वजनिक गरेको त्रैमासिक राष्ट्रिय लेखा तथ्याङ्क अनुसार गत आवको तेस्रो त्रैमासिकको तुलनामा चौथो त्रैमासिकमा सो बराबरको वृद्धिदर हासिल हुने देखिएको हो ।
यो वृद्धिदर मौसमी प्रभाव समायोजनसहितको हो । कार्यालयले तेस्रो त्रैमासिकमा ०.७० प्रतिशतको वृद्धिदर हासिल हुने अनुमान यसअघि सार्वजनिक गरिसकेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)