मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पुल बगाएपछि घिर्नीको भर

gorkhapatraonline.com · Tue Jun 09 03:21:56 GMT 2026

खोटाङ र उदयपुर जोड्ने सुनकोशीस्थित फोक्सिङटारमा सामान वारपार गर्न पुनः घिर्नी सञ्चालनमा ल्याइएको छ । सुनकोशीले बगाएको पक्की पुल निर्माण नभएपछि सामान वारपार गर्न घिर्नी जडान गरेर सञ्चालनमा ल्याइएको हो । फोक्सिङटारको पक्की पुल बगाएपछि हिउँदमा अस्थायी बेलिब्रिज जडान गर्ने गरिएको छ । कोशीमा पानीको बहाब बढेसँगै जेठ ३ गते बेलिब्रिज निकालिएपछि सामान वारपार गर्न जेठ १५ गतेबाट घिर्नी सञ्चालनमा ल्याइएको हो ।

गाईघाट–दिक्तेल सगरमाथा राजमार्गमा पर्ने दिक्तेल–फोक्सिङटार–गाईघाट सडक पूर्वी सहर जाने र आउने छोटो दुरीको बाटो हो । सोही सडकमा पर्ने खोटाङको खोटेहाङ गाउँपालिका–९, लिच्कीराम्चे र उदयपुरको रौतामाई गाउँपालिका–५, आँपटार जोड्ने फोक्सिङटारमा निर्माण गरिएको १२० मिटर लामो ‘आर्क’ डिजाइनको पक्की पुल २०८१ साल असोज १२ गते सुनकोशीमा आएको बाढीले बगाएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)

सम्बन्धित विषय