मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

स्टार्टअप कर्जा कार्यविधि बनाउन कार्यदल

ekantipur.com · Mon Jun 07 00:57:01 GMT 2021

काठमाडौँ — युवा उद्यमीलाई परियोजना धितोमा एक प्रतिशत ब्याजदरमा प्रदान गरिने स्टार्टअप कर्जा सम्बन्धमा कार्यदल बनाउन एक समिति गठन भएको छ । अर्थ मन्त्रालयमा सरोकारवालासँगको छलफलमा आइतबार कार्यदल बनाइएको हो ।

अर्थ मन्त्रालयका सहसचिव महेश भट्टराई संयोजक रहेको कार्यदलमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र राष्ट्रिय योजना आयोगका साथै नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल उद्योग परिसंघका प्रतिनिधि छन् । आर्थिक वर्ष २०७८/७९ को बजेटमा युवा उद्यमीलाई स्टार्टअप व्यवसायमा संलग्न हुन उत्प्रेरित गर्ने उद्देश्यले परियोजना धितो राखी एक प्रतिशत ब्याजदरमा २५ लाख रुपैयाँसम्म बीउ पुँजी कर्जा उपलब्ध गराइने र यसका लागि १ अर्ब रुपैयाँको च्यालेन्ज फन्ड स्थापनालगायत उल्लेख गरिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)