‘शुभ विवाह’ निर्माण घोषणा, मुख्य भूमिकामा प्रदीप र सनिशा
ratopati.com · Thu Aug 13 12:25:13 GMT 2026

काठमाडौँ। सुदर्शन थापाको निर्देशनमा नयाँ नेपाली फिल्म ‘शुभ विवाह’ बन्ने भएको छ । बिहीबार राजधानीमा आयोजित एक कार्यक्रममा फिल्मको मुख्य कलाकार तथा प्राविधिक टिम चिनाउँदै घोषणा गरिएको छ ।
प्रियादर्शन फिल्मस्को ब्यानरमा निर्माण हुने फिल्मको मुख्य भूमिकामा अभिनेता प्रदीप खड्का र अभिनेत्री सनिशा भट्टराई देखिनेछिन्। फिल्ममा प्रदीप र सनिशाका अलवा हरिहर शर्मा, वसुन्धरा भुसाल, मुकुन्द किशोर भट्टराई, कृष्ण ढुङ्गाना, विशाल पहारी, अन्शु महर्जन, बिन्दा खतिवडा, अनिता बस्नेत, मेक्सम गौडेल, सन्तोष थापा, सुनिशा बजगाईँ, आश्मा गिरी, रामेश्वर रिजाल, सुहान श्रेष्ठ र रमेश बज्राचार्यको अभिनय रहनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)