गोली हानी एक जङ्गली हात्ती मारिएको पाइयो
lokaantar.com · Mon Jan 01 17:02:08 GMT 2024
मोरङको सुन्दरहरैँचा नगरपालिका–१० स्थित सामुदायिक वनमा गोली हानी एक जङ्गली हात्ती मारिएको छ । नगरको मुनालझोडास्थित जनजागरण सामुदायिक वनमा आज बिहान हात्ती मृत फेला परेको हो ।
डिभिजन वन कार्यालय मोरङका प्रमुख विष्णु घिमिरेले हात्तीको शवपरीक्षणपछि शरीरमा गोली भेटिएको बताए । “यस बारेमा थप अनुसन्धान भइरहेको छ”, डिभिजन वन कार्यालय मोरङका प्रमुख घिमिरेले भने, “दोषी पत्ता लागेको खण्डमा राष्ट्रिय वन्यजन्तु संरक्षण ऐनअनुसार १५ वर्ष जेल साथै रु १० लाखसम्म जरिवाना हुनेछ ।”
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)