जाजरकोटमा जिप दुर्घटना, दुई जनाको मृत्यु, तीन जना घाइते
ratopati.com · Thu Oct 15 02:03:05 GMT 2026

जाजरकोट । जुनिचाँदे गाउँपालिका २ गैरीगुवामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।
दुर्घटनामा चालक जुनिचाँदे गाउँपालिका–९ कल्ली स्याला बस्ने २० वर्षीय सन्तबहादुर बस्नेत र जुनिचाँदे गाउँपालिका–३ स्याला बस्ने दिलबहादुर भण्डारीकी ३० वर्षीया श्रीमती बिपना भण्डारीको घटनास्थलमै मृत्यु भएको हाे ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)