व्यावसायिक वातावरण सुधार्न उद्योग वाणिज्य महासंघका तीन सुझाव
corporatenepal.com · Thu Oct 15 01:57:03 GMT 2026

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले मुलुकमा लगानीको वातावरण सुधार गरी निजी क्षेत्रको मनोबल बढाउन सरकारसमक्ष तीन प्रमुख सुझाव अघि सारेको छ । कानुनी तथा प्रशासनिक अवरोध हटाउने, व्यापार सहजीकरणलाई प्रभावकारी बनाउने र राज्य तथा निजी क्षेत्रबीच विश्वासको वातावरण निर्माण गर्ने महासंघको प्रस्ताव छ ।
बुधबार ललितपुरमा आयोजित एक कार्यक्रममार्फत महासंघले व्यावसायिक वातावरण सुधारको खाका प्रस्तुत गर्दै लगानीकर्ताको मनोबल करिब चार दशकयताकै न्यून अवस्थामा पुगेको जनाएको हो । यस्तो अवस्थामा लगानी विस्तार र आर्थिक गतिविधि चलायमान बनाउन नीतिगत तथा संरचनागत सुधार आवश्यक रहेको महासंघको निष्कर्ष छ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)