लिचि बगान घुसकाण्डमा दुई पूर्वमन्त्रीविरुद्ध मुद्दा, ब्युतिएला ७० करोड काण्ड ?
barnanmedia.com · Wed Oct 08 22:03:44 GMT 2025

केही समय सिथिल भएको अख्तियार दुरुपयोग अनुुसन्धान आयोग सक्रिय भएको छ। अख्तियारले बहुचर्चित घुसकाण्ड अर्थात् पोखराको लिचि बगान जग्गामा भएको घुसडिल प्रकरणमा बुधबार दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो।
अख्तियारले पूर्व संघीय मामिला तथा सामान्य प्रशासनमन्त्रीसमेत रहेका एमाले नेता राजकुमार गुप्ता र नाउपा अध्यक्षसमेत रहेकी पूर्व भूमि व्यवस्थामन्त्री रञ्जिा श्रेष्ठ, मालपोत कार्यालय, कास्की पोखराका तत्कालीन प्रमुख मालपोत अधिकृत रामचन्द्र अधिकारी, बिचौलिया सुजन लामा, खेम पुन, यामकुमारी गुरुङ र तुल्सीराम बुढा मगरलाई प्रतिवादी बनाएर मुद्दा चलाएको हो । खेम पुनसँग २५ लाख बिगो मागदाबी गरिएको छ भने अन्य ६ जनासँग ७८÷७८ लाख रुपैयाँ बिगो माग गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)