मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

‘सुन तस्करीलाई छायामा पार्ने खेलमा प्रधानमन्त्री’

newsofnepal.com · Mon Aug 14 00:25:42 GMT 2023

काठमाडौं । सरकारले गत बिहीबार पक्राउ गरेर जिल्ला अदालत काठमाडौंको आदेशमा छाडिएका कांग्रेस सांसद सुनील शर्मालाई सुन तस्करीको विषयमा बोलेकै कारण सरकारले पूर्वाग्रही भएर गिरफ्तार गरेको शीर्ष नेताहरूको आरोप छ । सरकार साझेदार दल नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइराला र प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सांसद सुनील शर्मालाई सरकारले जाली मुद्दा लगाएर पक्राउ गरेको आरोप लगाउनुभएको हो ।

सत्ता पक्ष र प्रतिपक्षका नेताहरूले सदनबाट सुन तस्करीमा संलग्नलाई कारबाही गर्नुपर्छ भन्ने सांसदलाई छापामार शैलीमा सभामुखलाई समेत जानकारी नै नगराई पक्राउ गरेर सुन तस्करीको विषयलाई छायामा पार्ने खेलमा प्रधानमन्त्री र गृहमन्त्री लागेको आरोप पनि लगाएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)