ट्रम्पले ग्रीनल्यान्डमा तेल, ग्यास र खनिज खोज्ने
nagariknews.nagariknetwork.com · Thu Oct 15 02:08:09 GMT 2026

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रीनल्यान्डमा ठुलो मात्रामा तेल, ग्यास र खनिजको खोजी सुरु गर्ने तयारी भइरहेको बताएका छन्। उनले ग्रीनल्यान्ड अमेरिका र युरोपको सुरक्षाका लागि महत्त्वपूर्ण रहेको बताउँदै त्यहाँका प्राकृतिक स्रोत उपयोग गर्न सकिने दाबी गरेका छन्। तर, उनले कुन कम्पनीले खोजी गर्ने हो, काम कहिलेदेखि सुरु हुन्छ र यसमा अमेरिकी सरकारको भूमिका कस्तो हुनेछ भन्नेबारे विस्तृत जानकारी दिएका छैनन्।
ट्रम्पले बुधबार आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा पोस्ट गर्दै ग्रीनल्यान्डमा तेल, ग्यास र खनिजको खोजी सुरु हुन लागेको बताएका हुन्। उनले त्यहाँ सजिलै निकाल्न सकिने तेलको भण्डार विश्वका धेरै ठाउँको भन्दा ठुलो रहेको दाबी गरेका छन्। यद्यपि, उनले आफ्नो दाबी पुष्टि गर्ने विस्तृत विवरण वा कुनै निश्चित उत्खनन परियोजनाको जानकारी दिएका छैनन्। त्यसैले वास्तविक रूपमा उत्खनन सुरु हुन लागेको हो वा प्रारम्भिक खोजीको तयारी मात्रै भइरहेको हो भन्ने स्पष्ट भएको छैन।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)