बाढीले बन्द भएको सिंगा तातोपानी कुण्ड १८ दिनपछि पुनः सञ्चालनमा
gorkhapatraonline.com · Thu Oct 15 02:25:16 GMT 2026

म्याग्दीको बेनी नगरपालिका–४ मा रहेको प्राकृतिक उपचारस्थल सिंगा तातोपानी कुण्ड १८ दिनपछि पुनः सञ्चालनमा आएको छ । असोजको दोस्रो साता परेको अविरल वर्षापछि म्याग्दी नदीमा आएको बाढीले कुण्डमा हिलो, बालुवा र गेग्रान थुपारेपछि बन्द भएको स्नान सेवा स्थानीयवासी, युवा क्लब, आमा समूह तथा सुरक्षाकर्मीको श्रमदानबाट सरसफाइ गरी बुधबारदेखि पुनः सञ्चालनमा ल्याइएको हो ।
कुण्ड सञ्चालनमा आएसँगै बिरामी तथा पर्यटक स्नानका लागि आउन थालेका छन् । मुख्य पोखरी र परिसरमा थुप्रिएको लेदो श्रमदानबाट हटाएर स्नानयोग्य बनाएपछि बुधबारदेखि कुण्ड पुनः सञ्चालनमा ल्याइएको व्यवस्थापन समितिका सचिव कुमार केसीले बताउनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)