मोबाइल बैंकिङ प्रयोगकर्ता तीन करोड चार लाख ७३ हजार
nepalsamaya.com · Thu Oct 15 02:33:59 GMT 2026

काठमाडौं- नेपालमा मोबाइल बैंकिङका ग्राहक तीन करोड चार लाख ७३ हजार ६९० पुगेका छन्। डिजिटल बैंकिङ सेवाको प्रयोग व्यापक रूपमा विस्तार हुँदै गएको हो।
उपलब्ध तथ्याङ्कअनुसार बैंकिङ सेवामा डिजिटल माध्यमको प्रयोग बढ्दै जाँदा मोबाइल बैंकिङ, डेबिट कार्ड र एटीएममार्फत वित्तीय कारोबार गर्ने प्रवृत्ति विस्तार भएको देखिन्छ। उपलब्ध विवरणअनुसार बैंक तथा वित्तीय संस्थामा कुल ६ करोड ४० लाख ८ हजार ७६७ निक्षेप खाता रहेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)