‘ल्याङ्ग ल्याङ्ग’को मुख्य अभिनेत्रीमा गुराँस ढकाल अनुबन्धित
kendrabindu.com · Thu Aug 13 13:19:06 GMT 2026

काठमाडाैं । बलिराम चौहानको निर्देशनमा बन्ने सिनेमा ‘ल्याङ्ग ल्याङ्ग’को मुख्य अभिनेत्रीमा गुराँस ढकाल अनुबन्धित भएकी छन् । मुख्य भूमिकामा यो उनको डेब्यु सिनेमा हो । यसअघि उनले केही सिनेमामा सहायक भूमिकामा अभिनय गरिसकेकी छन् ।
गुराँसले अभिनेता सञ्जोग रसाइलीसँग एक्टर्स हबमा अभिनय सिकेकी हुन्, जहाँ अभिनयका विभिन्न पक्षमा आफ्नो अभिव्यक्ति, प्रस्तुति र चरित्र निर्माणमा काम गरिन् । अभिनय यात्राका क्रममा उनले विभिन्न विज्ञापन तथा म्युजिक भिडियो र हरर सिनेमा ‘मम्मी’मा अभिनय गरेकी थिइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)