मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

प्रदेशमा सभामुखमा पनि भागबन्डा र आलोपालो

rajdhanidaily.com · Sun Jan 08 23:24:00 GMT 2023

काठमाडौं । सत्ता गठबन्धनले प्रदेशसभाका सभामुख, उपसभामुखको भागबन्डा पनि टुंगाएको छ । जसअनुसार नेकपा माओवादी केन्द्रले चारवटा प्रदेशसभाको सभामुख पाउनेछ भने एमाले दुई र राप्रपाले एक सभामुख पाउनेछ । प्रदेश १ मा माओवादी केन्द्रका सभामुख र एमालेका उपसभामुख हुनेछन् । बाग्मती प्रदेशमा राप्रपाले सभामुख र एमाले उपसभामुख प्राप्त गर्नेछ ।

त्यसैगरी, गण्डकी प्रदेशसभामा सभामुख माओवादी केन्द्र र उपसभामुख एमालेले प्राप्त गर्नेछ । लुम्बिनीमा सभामुख माओवादी केन्द्र र उपसमाभुख राप्रपाले प्राप्त गर्नेछ । कर्णाली प्रदेशमा एमालेले सभामुख र माओवादी केन्द्रको भागमा उपसभामुख परेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)