मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

भारतमा बन्धक परेका १६ नेपालीको उद्धार, नेपाल ल्याइँदै

annapurnapost.com · Tue Jun 09 03:25:02 GMT 2026

बर्दिबास : श्रमको सिलसिलामा भारत पुगेका बर्दिबास नगरपालिका -१४ स्थित मुसहर बस्तीका बालबालिकासहित १६ जना बन्धकमा परेकाहरु नेपाली उद्धार टोलिको सम्पर्कमा आएका छन् । आफन्त इण्डियाको सहकार्य, नयाँ दिल्लीस्थित नेपाली दूतावासको समन्वय र ईलाका प्रहरी कार्यालय बर्दिबासको पहल उनीहरूको उद्धार भएको हो ।

इलाका प्रहरी कार्यालय बर्दिबासका डीएसपी गुरु प्रसाद तिमिल्सिनाका भारतमा श्रम शोषणमा परेका मुसहर बस्तीका स्थानीयहरुलाई उद्धार गरि नेपाल ल्याउन लागिएको छ । उद्धार टोलीमा सहभागी मध्येका अशोक सादाका अनुसार भारती प्रहरीको सहयोगमा बन्धक बनेकाहरुको उद्धार सम्भव भएको छ । उनीहरूले कमाए बापतको ज्याला पनि त्यहाँका प्रहरीले हिसाब गराएर दिलाएको उनले बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)