प्रधानमन्त्री शाहले लगाएको गोल्डस्टारको ‘बालेनले लगाएको जुत्ता’
barnanmedia.com · Tue Jun 09 03:22:54 GMT 2026

काठमाडौं । यतिवेला गोल्डस्टारका शोरुम एवं आउटलेटदेखि सामाजिक सञ्जालसम्म एउटा जुत्ताको चर्चा छ। प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले गोल्डस्टारको ‘आर्क सिरिज’ को जुत्ता लगाएपछि यसको चासो ह्वात्तै बढेको हो। १ हजार ५ सय रुपैयाँ एमआरपी रहेको उक्त जुत्ता खोज्दै ग्राहक आउटलेट पुगिरहेका भिडियोसमेत सामाजिक सञ्जालमा प्रशस्त भेटिन्छन्।
सामाजिक सञ्जालमा यसको चर्चा चुलिइरहँदा चर्चित भ्लगर तथा डेन्टिस्ट शशांक ताम्राकारले पनि जुत्ता किन्दै स्वदेशी ब्रान्डलाई प्रवर्द्धन गर्नुपर्ने बताएका छन्। टिकटकमा राखेको भिडियोमा उनले भनेका छन्, ‘वाटरप्रुफ छ। मैले सोचेको भन्दा अति नै कम्फर्टेबल छ। बालेन सरले लगाइसक्नुभएपछि हामीले पनि ट्रेन्ड फलो गर्नुपर्यो नि।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)