दशैँ नजिकिएसँगै पशु हाटमा चहलपहल
gorkhapatraonline.com · Thu Oct 15 02:47:37 GMT 2026

दशैँ नजिकिएसँगै महोत्तरीको गौशाला बजारमा चौपायाको किनबेच बढेको छ। जिल्लाकै प्रमुख पशु हाटका रूपमा परिचित यस बजारमा बिक्रीका लागि राँगा, भैँसी तथा खसीबोका ल्याउने क्रम बढेपछि चहलपहल थपिएको छ।
दशैँलाई लक्षित गर्दै पहाडी क्षेत्रबाट व्यापारी तथा ग्राहकको आगमन बढेपछि गौशाला बजारको चौपाया कारोबार पनि चलायमान बनेको छ। बाढीपहिरोका कारण प्रभावित व्यापार दशैँको मुखमा सुधारिएपछि पशुपालक किसान, व्यापारी र बजार ठेकेदारमा उत्साह थपिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)